काठमाडौं : काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर उठाउन जिम्मा दिएको कम्पनीले नै सडकमा फोहोर थुपारेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो ।
गाडाबाट पैदलमार्ग फोहोर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहोर थुपार्न बाध्य भएको बताए ।
फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहोर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् ।
‘बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ’, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका रामचन्द्र श्रेष्ठ बताए ।
प्रतिक्रिया