काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी प्रशिक्षणको क्रममा घाइते भएकी छिन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार प्रशिक्षणको क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको हो ।
मिडफिल्डर रेनुकाको आज नै शल्यक्रिया हुनेछ ।
१९ औं एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकालाई घाइते भएपछि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा लगिएको थियो ।
प्रतिक्रिया