डिआईजी उमेश राज जोशीद्वारा २० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण


ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले हस्तान्तरण गर्नुभएको हो ।

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निबेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रनामनि जोशीले बताउनुभयो ।

No description available.

थप प्रष्ट पार्दै डिआईजीपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयो ।

उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।