विश्वकिर्तिमानीलाई प्रमाण-पत्र हस्तान्तरण
काठमाण्डौँ : विश्वकै अग्लो स्थान ५०२० मिटर उचाईमा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमानामदर्ज गर्न सफल नेपालीयूवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । उपराष्ट्रपति कार्यालयमाआयोजित एक कार्यक्रममाउपराष्ट्रपति नन्दबहादुर पुनले विश्वकिर्तिमानी नेपालीयूवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
टेक बहादुर राई (गायक), माया गुरुङ (गायिका), बुद्धिराज राई (गीतकार तथानिर्देशक), सृजना किराँती (मोडल) र शिखर जंगश्रेष्ठ (मोडल)लाई रेकर्ड होल्डरको प्रमाणपत्र र धनकुमार राई (संगीतकार), राजु कार्की (एरेञ्जर), गंगाराम राई (सिनेमाटोग्राफर), शिवराजजोशी र डम्बर सिंह राईलाई (बाद्यबादक)तर्फ सहभागीताको प्रमाणपत्र प्रदानगरिएको हो ।गीतमा पुर्ण राईले गितार र टेक बहादुर राईले किबोर्डमाभूमिकानिर्वाह गरेका छन् ।
सोलुखुम्बुको खारे (मेरापिकजाने बाटो)स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको गीतको छायाँकन गरेर गिनिजबुकमा ‘द हाईयष्ट म्यूजिक भिडियो अन ल्याण्ड’विधामा रेकर्ड राखिएको हो ।
सोही स्थानमै गीतको लाइभ रेकर्डिङ समेत गरिएको थियो । कार्यक्रममाउपराष्ट्रपति पुनले किर्तिमानीहरुलाई बधाई ज्ञापन गर्दै आगामी सफलताको शुभकामना व्यक्त गरे ।
उनले भने, ‘नेपालीले विश्वकिर्तिमानी राख्नु निकै खुसीको कुरा हो । आगामीदिनमापनि यस्तै सफलतामिल्दै जाउन् । मेरो शुभकामनाछ ।’
विश्वकिर्तिमानी समाजको आयोजनामाभएको प्रमाणपत्र हस्तान्तरण तथाबधाई ज्ञापन कार्यक्रममा समाजकाअध्यक्ष सन्च बहादुर राई, किराँत कोयी/कोयु राई सोदेलकिमका केन्द्रीयउपाध्यक्षगीतादेवी राई लगायतको उपस्थिती रहेको थियो ।