संसद भवन वरिपरी सडक पेटीमा राखिएको काँडेतार हटाइयो


नयाँबानेश्वरस्थित संसद भवनसँगैको सडक पेटीमा राखिएको काँडेतार हटाइएको छ ।

यसअघि संसद भवनको पर्खालसँगै फुटपाथमा ढाक्ने गरी काँडेतार राखिएपछि आलोचना भएको थियो । आज बिहान भने ती काँडेतार हटाएर फुटपाथ खाली गराइएको छ ।

फुटपाथमा पैदलयात्री हिंड्नै नमिल्ने गरी काँडेतार राखिएपछि सभामुख अग्नि सापकोटाले सुरक्षा अधिकारी र उच्च ओहोदाका कर्मचारीहरुसँग चासो व्यक्त गरेका थिए ।