मंगलबार सुन-चाँदीको मूल्य बढ्यो


मंगलबार सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको हो। आज सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार भने सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।