रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा जिल्ला भेला गर्ने


राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा जिल्ला भेला गर्ने भएको छ ।

रवी लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले यही असार २५ गते भेला आयोजना गर्न लागेकोे हो । रवीले आफ्नो फेसबुकमा एक पोष्ट राख्दै यस्तो लेखेका छन् । आशा छ— चितवनले एकपटक फेरि मलाई उड्न पखेंटा दिनेछ ।

रित्ता र सुख्खा आँखामा सपनाको मूल भर्ने हाम्रो यो महाअभियानमा चितवन कोसेढुंगा हुनेछ । उनले आगामी संसदीय चुनावमा गोलाकार भित्रको घण्टी चुनाव चिन्हबाट चुनावी मैदानमा होमिएका छन् ।