असार नेपाली किसानहरु धेरै व्यस्त हुने महिना हो । धान रोप्ने समय भएकाले किसानहरु विहानदेखि साँझसम्म खेतमै व्यस्त हुन्छन् । असारलाई माना रोपेर मुरी फलाउने महिना पनि भनिन्छ ।
दाङ जिल्लाका अधिकांश ठाउँमा अहिले बर्खे धानको रोपाइँ चलिरहेको छ । तर बंगलाचुली गाउँपालिका–४ डाबरका किसानलाई भने रोपाईं गर्नुअघि चैते धान भित्र्याउने चटारो छ ।
गत वैशाखको पहिलो साता रोपेको चैते धान असार महिनामा पाक्छ । मंसिरमा पाक्ने धान रोपाइँ गर्नुअघि किसानहरु चैते धान भित्र्याउने चटरोमा हुन्छन् ।
बंगलाचुली–४ डाबरका किसान रत्न थापाको करिब ६ कठ्ठामा चैते धान पाकेको छ । यो वर्ष धान राम्रो फलेकामा उनी खुशी छन् ।
प्रतिक्रिया