एसपीपी प्रकरण लुकाउन एमालेले ममाथि आक्रमण गर्‍यो – जनार्दन शर्मा


नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण भएको बताएका छन् ।

एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न आफूमाथि आक्रमण भएको बताएका हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको भन्दै शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले बुधबार विशेष समिति गठन गरेको छ ।