हिन्दु परम्पराअनुसार विभिन्न बारमा विभिन्न देवी-देवताको पूजा गरी हामी आफ्नो भगवान्प्रतिको आस्था प्रकट गर्छौं । विशेष व्रत र अन्य उपवासबाहेक, अधिकांश नेपाली हिन्दु धर्मावलम्बीहरूले साताको कुनै एक वा दुई दिन सोही बारअनुरुपको देवताको पूजा गरी व्रतसमेत बस्ने गर्छन् ।
आज शुक्रबारका दिनमा हिन्दु धर्मावलम्बीहरूले भगवान् शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्ने गर्छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गर्ने गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत् रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन एकदमै सहयोग पुर्याउँछ भन्ने मान्यता छ ।
यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सक्खर प्रयोग गर्नु उत्तम मानिन्छ । व्रतमा अमिलो खानु ठूलो त्रुटि हुने मान्यता छ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गर्ने गरिन्छ । यो दिन सेतो कपडा लगाउनुपर्छ ।
शुक्रबार खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रङको घोडा दान गर्नुपर्छ भन्ने मान्यता छ । रंगीन वस्त्र, रेशमी कपडा, घिउ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरीत दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत् रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ ।
प्रतिक्रिया