यस्ता छन् सन्तोषी माताको व्रत र पूजा विधि


यस्ता छन् सन्तोषी माताको व्रत र पूजा विधि
सन्तोषी माताको व्रतका लागि बिहान सूर्योदयअगाडि नै उठेर घर सरसफाइ गर्दै, घरमा गंगाजल छर्केर शुद्ध पार्नुपर्छ । पूजाका लागि आवश्यक सामग्रीहरूमा एक कलश, पानको पात, फूल, आरतीका लागि कपुर, अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मूर्ति, व्रत कथा पुस्तक चाहिन्छ ।

शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाका लागि फूलले सजाएको कलश, प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ । पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने र भजन गाउने गर्नुपर्छ । नियमित रुपले सोह्र शुक्रबारसम्म व्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिविधानअनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी र केराको प्रसाद दान गर्ने साथै आठ कन्याहरूलाई खीरको प्रसाद खुवाउने गर्नुपर्छ । सन्तोषी माताको व्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा उक्त दिन अमिलो छुन र खानु हुँदैन ।