सञ्चारकर्म त्यागेर राजनितिमा होमिएका रवि लामिछानेले राजनितिमा आफनो खुटा जमाउनका लागि गृहकार्य थालेका छन् । टेलिभिजनमा एक प्रस्तोताको रुपमा देखिदै आएका लामिछानेले आसार २ गते सञ्चारकर्म त्यागेको धोषणा गरे । त्यसको एक हप्ता भित्रै उनले असार ७ मा नयाँ राजनैतिक पार्टि पनि खोले । र पार्टिको नाम राखे राष्टिय स्वतन्त्र पार्टि ।
रवि राजनितिमा होमिए सगै उनि आलोचनाको शिकार बने भने विवादमा पनि आए । अझ उनले धोषणा गरेको राष्टिय स्वतन्त्र पार्टिकोको नामलाई लिएर त देशै भरबाट उनको आलोचना भयो । स्थानिय चुनावमा केही स्वतन्त्रहरुको जित पछि , हौसिएका लामिछानेले हालको महोललाई क्याच गर्न ,आफनो पार्टि तर्फ ध्यान आर्कषण गर्न पार्टिको नाम स्वतन्त्र राखेको आरोप लाग्यो । कुनै पनि राजनैतिक पार्टिको नाममा स्वतन्त्र भन्ने शब्द राख्न नपाइने रविका आलोचकहरुको भनाई रहयो ।
उनको पार्टिको नाम विरुद निर्वाचन आयोगमा उजुरि समेत परयो । यतिका विवादका बिच पनि अन्तमा उनले राष्टिय स्वतन्त्र पार्टिको नाम लिइछाडे । उनलाई निर्वाचन आयोगले उक्त नाम दिइउयो भने लामिछानेको पार्टिको चुनाव चिन्ह घोलाकार भित्रको घन्टि रहयो । रवि लामिछाने राजनितिमा आउने हल्ला चलिरहदा जति उनका प्रशसक उत्साहित थिए उनले पार्टि धोषणा गरे पछि निराश बने तर ससदिय चुनावमा दलको भुमिका अहम हुने र ।
समानुपातिक तर्फको भोटको प्रभाव रहने भन्दै उनले पार्टि खोल्नुको कारण बताए । र स्वतन्त्र नाम भएका पार्टि अन्य देशमा पनि रहेको भन्दै यहि अवधिमा उनले पत्रकार सम्मेलन पनि गरे । जसपछि उनीप्तिको आलोचना केही घटेको छ । र पार्टिको खोलेको एक महिना हुनै लाग्दा अब उनले आफनो गृहकार्यलाई तिब्र बनाउने सोच बनाएका छन् । यसै अनुरुप उनले चितवनमा आम सभा गर्ने भएका छन् । यहि असार २५ गते शनिवार चितवन मिडटाउनअ रिसोर्ट हाकिम चोक भरतपुरमा उनले आम सभा गर्ने भएका छन् । करिब तिन वर्ष अगाडि , आफनै सहकर्मि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनि चितवनमा हिरासतमा सम्म पुगेको थिए ।
लगभग २ हप्ताको हिरासत बसाई पछि उनि धरौटिमा रिहा भए। उक्त समय रविलाई चितवनबासिको ठुलो साथ र समर्थन रहयो । रविको पक्षमा चितवनबासिले हिरासितमा रहुन्जेल सडकमा नाराबाजि लगाउदै ,रविको रिहाईको माग गरेका थिए । त्यो साथ र सहयोगलाई रवि आफना कार्यक्रमहरुमा सम्झिरहन्छन । र उनले आफनो राजनैतिक करियरको पहिलो आम सभा चितवनमा गर्दै छन् ।
अर्को तर्फ भने हाल सम्म रविले कहा बाट आगामि ससदिय चुवानमा उममेदवारि दिने भन्ने यकिन भने छैन । काठमाडौ सग सगै उनको रुचि चितवन प्रति पनि छ । पार्टिको घोषणा कार्यक्रममा उनले माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र बाट उम्मेदवारि दिन चाहेको समेत बताएका थिए । चितवमा प्रचण्डको प्रभाव गतिलै रहेको छ । यसको बाबजुद पनि उनले प्रचण्डको किल्लालाई चुनौति दिदै आफनो पहिलो आम सभा गर्ने घोषणा गरेका छन् ।














प्रतिक्रिया