असार २४ , ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।
ज्योतिषशास्त्र वेदको आँखाका रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाईं कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशि सबै मिलाएर काम गर्दा तपाईंलाई सफलता मिल्छ । त्यसैले मानिहरूले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्रअनुसार तपाईंको खानपान, हिँडडुल, कामको सुरुवातलगायत विषयहरूमा तपाईंले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ ।
कुनै पनि शुभ कार्य गर्नुपर्दा सबैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्रअनुसार शुक्रबार के-के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा तल प्रस्तुत गरिएको छ ।
यस्तै शुक्रबार महाकालीको पूजाबाट मिल्छ तुरुन्त लाभ । कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ । शुक्रबार देवीको विभिन्न रुपका पूजा आराधाना गर्ने गरिन्छ । माता कालीको साधना संन्यासी र तान्त्रिकहरू पनि गर्ने गर्छन् । माता कालीका भक्तहरु मान्ने गर्छन् कि माता कालीले कालको संहार गर्ने र मोक्ष प्रदान गर्ने गर्छिन् ।
शुक्रबार कालीको उपसनाका लागि उनको तस्बिर वा मूर्तिमा स्वच्छ र पवित्र स्थानमा राख्ने र पानीले पखालेर मूर्तिमा तिलको टीका लगाउने र फूल चढाउने । बसेर १०८ पटक ओम क्रिं कालिकायै नमः र ओम कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्नुपर्छ । आफ्नो श्रद्धा र भक्तिअनुसार भोग पनि चढाउनुपर्छ ।
प्रतिक्रिया