यी हुन् आबेलाई गोली हान्ने मान्छे, यस्तो रहेछ कारण-


जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

सरकारी टीभी एनएचकेले ती व्यक्ति तेचुया यामागामी भएको खबर दिएको छ । ४१ वर्षीय ती व्यक्ति नारा शहरमा बस्छन् ।

नारामा नै आबेमाथि चुनावी अभियानका क्रममा शुक्रवार गोली प्रहार गरिएको थियो ।

आक्रमणकारी यामागामी जापानको मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य भएको जापानी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

आबेप्रतिको असन्तुष्टिका कारण आफूले गोली चलाएको यामागामीले प्रहरीलाई बताएका छन् ।

जापानको शान्तिवादी संविधानलाई संशोधन गरी सैन्यपरस्त बनाउन आबेको ठूलो भूमिका छ ।