बाबुरामलाई भेट्न पुगे बालेन, यि विषयमा भयो कुराकानी…


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

बालेन अध्यक्ष डा. भट्टराईलाई भेट्न शुक्रवार उनकै निवास टोखा पुगेका थिए ।

मेयर बालेनसँगको भेटको तस्बीर डा. भट्टराईले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

उनले मेयर बालेनसँग महानगरपालिकाको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको जानकारी दिएका छन् ।