सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्ज नाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो ।
सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
गत चैत र वैशाखमा एन्टीजेन विधिबाट परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा सङ्क्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा सङ्क्रमण देखिएको डेस्क इञ्चार्ज डा. अनिसा महतोले जानकारी दिइन् ।
गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि संक्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना सङ्क्रमित भेटिएको तथ्याङ्क छ ।
भेटिएका सबै सङ्क्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा महतोले जानकारी दिए ।
प्रतिक्रिया