गृहमन्त्री बालकृष्ण खाणले तुरुन्तै नागरिकता विधेयक ल्याइने बताएका छन् ।
संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ताको प्रस्तावमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘दलहरुको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउँछौं ।
नयाँ विधेयक ल्याएर जतिसक्दो छिटो पास गराउने उद्देश्यले सरकारले बिचाराधीन विधेयक फिर्ता लिएको हो ।’
बिचाराधीन विधेयकमा रहेका विवादित विषयहरु कायमै राखेर अगाडि बढाउन भन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा सहज हुने र दलीय सहमति जुटाउन पनि सहज हुने भएकाले सरकारले बिचारधीन नागरिकता विधेयक फिर्ता लिएको उनको प्रष्टीकरण छ ।
प्रतिक्रिया