टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो


काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु (जैविक तरल पदार्थ) हालेर प्लाष्टिकले छोपेको छ ।

अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन ।

त्यसैले टेकुमा फोहोर थुप्रिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालका अनुसार अहिले फोहोर भरिएका १५० भन्दा धेरै गाडी जान सकेका छैनन् ।

टेकुमा माघदेखिको फोहोर जम्मा भएको लम्सालले जानकारी दिए ।