विधिवत् रुपमा नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएका छन् । सोमबार राजधानीको होटल हायात रिजेन्सीमा बृहत् समारोहकाबीच दुई बैंक मर्जरको घोषणा भएको छ । योसँगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजीसहित नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैकको रुपमा उदाएको छ ।
१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिलले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १००ः ४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको हो ।
असार १५ गते दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।
योसँगै यसअघिको यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित पहिलो बैंक रहेको ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा झरेको छ ।
यद्यपि, बैंक अफ काठमाण्डू [बीओके} सँग मर्जरको हात बढाइसकेको ग्लोबलले पुनः आफ्नो स्थान फिर्ता लिने तयारीमा छ ।
प्रतिक्रिया