नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई फेरि सभापति हुने मन नभएको तर निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति हुने घुर्की लगाएका छन् ।
बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको आलोचना गर्दै चुनावमा गठबन्धन गर्न आवश्यक नभएको बताएका थिए । केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गरेर चुनाव त जितिएला तर पार्टीले हार्ने बताएका थिए ।
उनलाई जवाफ दिँदै सभापति देउवाले ‘मलाई धेरै नजिस्क्याउनुस् तपाईंहरु, राम्रो पार्टी बनाएर योग्य नेतालाई छोड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु’ भनेको एक नेताले बताए ।
प्रतिक्रिया