अहिले एमालेलाई धेरै प्रहार गर्न हुँदैन – माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई प्रहार गर्न नहुने बताएका छन् ।

बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने बताए ।

‘अहिले धेरै किन भन्नु हुँदैन भने एमाले अहिले हामीलाई धेरै प्रहार गरिरहेका छैनन्’ उनले कार्यकर्तालाई भने, ‘धेरै प्रहार नगरिरहेको बेलामा हामीले पनि प्रहार गर्नुहुँदैन ।’

तर, आफूहरूले एकएक कुराहरू मसिनोगरी हेरिरहेको र कुनै पनि भुलभुलैयामा नपर्ने उनको भनाइ छ ।

भुलभुलैयामा पर्दा न घरको न घाटको हुने भएकोले यस्तो मुर्खतापूर्ण गल्ती कहिल्यै नगर्न अध्यक्ष नेपालले कार्यकर्ताले निर्देशन दिए ।