शनिवार यी कामहरु गर्दा जीवनमा हुन्छ अशुभ ? शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ ।
शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।
शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले पनि शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । केही खानेकुरा यस्ता छन् जसलाई शनि देवताले मन पराउँदैनन् । शनिवारको दिन यी कार्यलाई थाती राखी काम अघी बढाए जीवन भर सुख शन्ति हुनेछ । नत्र हप्ताको सातै दिनभरीमा शनिवारलाई सबैभन्दा रमाइलो अनि आरामदायी दिन मानिन्छ।
धार्मिक तवरले हेर्ने हो भने, शनिवारको दिनलाई श्रीरामभक्त-पवनपुत्र हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नको लागि सबैभन्दा सुभ दिन मानिन्छ। हुन त शनिवारको दिन नै बिदा मिल्ने हुनाले अधिकांशले यस दिनमा विभिन्न किसिमका सामानहरूको किनबेच गर्ने गर्छन्। तर के तपाईँलाई थाहा छ ? शनिवारको दिन ‘शनिदेव’को दिन हो र यो दिनमा कुनै-कुनै निश्चित वस्तुको खरीद-बिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर-परिवारमा अशुभ हुने शनि चालिसामा उल्लेख गरिएको छ ।
१. फलाम
शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ । त्यसैल यस दिनमा झुक्किएर पनि फलामको सामान खरीद बिक्रि गर्नुहुँदैन ।
२. तेल
तेल शनिवारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ । यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस् किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ । तर शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।
३. नुन
नुन घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस् । यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।
४. कैँची
कैँचीको काम भनेको कि काट्ने हो । त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ ।
५. कालो तिल
शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनुशनिवार यी कामहरु गर्दा जीवनमा हुन्छ अशुभ ? शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ ।
प्रतिक्रिया