साउन महिना, राति शिवलिङ्ग छेऊ दियो बाले हुनेछ फलिफाप


अहिले साउन महिना चलिरहेको छ । सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्रअनुसार भगवान शिवको महिना र बार हो । त्यसैले साउन महिना र सोमबार भगवान शिवको पूजा, आराधनाका लागि उत्तम समय मानिन्छ ।

त्यसैले यो महिनामा भगवान शिवको पूजा, आराधना गरेमा अक्षय पूण्य प्राप्त हुनेछ । शिवपुराण भगवान शिव र सृष्टिको निर्माणमा आधारित छ । यस पुराणमा शिव पूजाको थुप्रै विधिविधान उल्लेख गरिएको छ । यस धार्मिक ग्रन्थअनुसार राति शिवलिङ्ग छेऊ दियो बाल्नु राम्रो हुने छ । यसको पनि पूजाको एक विधि रहेको छ ।