त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यलयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको आमरण अनसन सातौं दिनमा अन्त्य भएको छ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् ।
उनीहरुबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन गर्ने सहमति भएको छ ।
प्रतिक्रिया