प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्वबाट मनोजकुमार भट्टराई बिदा भएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराई कम्पनीबाट बिदा भएका हुन् । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।
कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत [डेपुटी सिइओ] चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् ।
प्रतिक्रिया