पत्रकार कुसलभ विरुद्ध मिडियावाजी गर्दै म्यानपावरका युवराज


नेपाली युवाहरु विदेश पुर्याएर अलपत्र पार्ने म्यानपावर कम्पनीका सञ्चालकले पत्रकार कुशल खत्री (कुशलभ) का विरुद्ध मिडियावाजी गरिरहेको पाइएको छ। महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेसले आफ्नो कार्यालयमा पुगेर हुलहुज्जत गरेको भन्दै पत्रकार खत्रीका विरुद्ध मिडियावाजी गरेको पाइएको हो।

खत्री विरुद्ध म्यानपाावरका संचालक युवराज गुरुङले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएको र खत्री प्रहरीको फरार सूचीमा रहेको भन्दै केही अनलाइनहरुमा समाचार लेख्न लगाएका थिए । यस विषयमा प्रहरी बृत्त महाराजगंजका डिएसपी प्रबेश विष्टले पत्रकारका विरुद्ध उजुरी नपरेको बताए ।

पत्रकार विरुद्धका उजुरीहरु प्रहरीले दर्ता गर्न मिल्दैन, तपाईँले कुशल खत्रीको उजुरी दर्ता गर्नुभएछ नी भन्ने प्रश्नमा विष्टले भने, ‘पत्रकार विरुद्ध उजुरी परेको बारे मलाई जानकारी छैन । यदी फैजदारी कसुर हो भने हामीले दर्ता गर्न मिल्छ । उहाँको विषय के हो म बुझौँला ।’

उनले माटिभेटलाई यस्तो जवाफ दिएपनि अरुलाई उजुरी परेको भनेर बताउने गरेका छन् । उनको दोहोरो चरित्रले प्रयाप्त प्रमाणका आधारमा पीडित यवाहरुको गुनासोसहित रिर्पोटिङमा गएका पत्रकार खत्रीलाई झुठा मुद्धा लगाएर दुःखदिने नियत देखिन्छ ।

खत्रीले बैदेशिक रोजगार विभागका महानिर्देशकसहित बरिष्ठ निर्देशक लगायतसँग लिएको अन्तरवार्तामा म्यानपावर संचालक युवराज गुरुङले गल्ती गरेको स्वीकार गर्दै कारवाहीको दायरामा ल्याउने समेत बताएका थिए । पत्रकार खत्री पीडित युवाहरु म्यानपावर कम्पनीले ठग्यो भन्दै कार्यालयमा आएपछि त्यसको रिर्पोटिङ गर्न गएका थिए । युवाहरुले बैदेशिक रोजगार विभाग, प्रहरी वृत्त महाराजगञ्ज लगायतका ठाउँमा उजुरी गर्दा समेत काम नभएपछि खत्री कहाँ आएका हुन् ।

खत्रीले म्यानपावरका संचालक, एजेण्ट र पीडित युवाहरुलाई एकै ठाउँमा राखेर अन्तरवार्ता गरेका थिए । सोही क्रममा म्यानपावरका एजेण्ट इलामका ३० वर्षीय सुरेनकुमार योङ्गहाङ्ग, उदयपुरका ३२ वर्षीय प्रकाश तामाङ र केही पीडित युवाहरुले हुलदंगा गरेका थिए । उक्त खत्रीले मुनलाइट टेलिभिजन, संचार चौतारी डटकम र क्राइम टिभीमा प्रसारण गरेका थिए ।

त्यही विषयमा गुरुङले दुई जना एजेण्टसहित खत्रीलाई अभद्र व्यवहारको मुद्धा दायर गरेका थिए । प्रहरीले दुई जनाको मुद्धा दर्ता गरेको र गुरुङलाई खत्रीको मुद्धा प्रेस काउन्सिलमा दर्ता गर्न भन्दै उता पठाएको थियो । प्रेस काउन्सिलले खत्रीलाई यस विषयमा स्पष्टिकरण सोधेको थियो । उनले प्रयाप्त प्रमाणसहित जवाफ लेखि पठाइसकेको बताए ।

प्रहरीले दुई जना एजेण्टलाई पक्राउ गरेर अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको छ । उनीहरुलाई अहिले बैदेशिक रोजगार विभागको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

म्यानपावर कम्पनीले साउदीको रेडजोनमा परेको कम्पनीमा पठाई ४९ जनालाई ठगेर अलपत्र पारेको थियो । ती मध्ये २४ जना युवाहरुले नेपाल फर्किएर विभागमा उजुरी गरेका थिए । उजुरीको विषयमा विभागले छानविन गरी कम्पनीका संचालक गुरुङलाई दोषि ठहर गरेको थियो ।