बाबुराम जी ले गठबन्धन छोड्दिन भन्नुभयो – प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमै रहने बताएका छन्।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताए ।