‘म सारा सिमेभूमे, यलम्बर, सुम्निमा, पारुहाङको कसम खाएर भन्छु म किरातको पक्षमा उभिनेछु – मुख्यमन्त्री राई


प्रदेश १ को नामकरणको विषय चर्किँदै जाँदा पहिचान पक्षधर संघ सङ्गठनहरूको स्वर पनि चर्को बन्न थालेको छ । त्यसको सहारा बनेका छन् प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई ।

किरात राई यायोख्खाले आज आयोजना गरेको ‘किरात सभ्यता’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री राईले आफू कुनै पनि हालतमा किरातको नाममा उभिने प्रष्ट पारे । ‘म सारा सिमेभूमे, यलम्बर, सुम्निमा, पारुहाङ सबै पितृको कसम खाएर भन्छु म किरातको पक्षमा उभिनेछु,’ उनले भने ।

‘के बन्द हडताल गर्नै नसक्ने हैसियतमा छन् त किरातको माग गर्ने युवाहरु रु १० जना युवाहरु डाँडामा चढेर ढुङ्गा हाने पनि बन्द त भइजान्छ नि ।

सडकमा केही युवा लाठी लिएर आए भने सडक पनि बन्द हुन्छ,’ उनले भने, ‘मानिसलाई टुप्पीबाट धुवाँ आउने खालका कुरा गर्छन् के, यो देशमा राष्ट्रघाती सन्धि सम्झौताहरू मधेसी आदिवासीले गरेका छन् कि मूल धारका भनिनेहरूले गरेका छन् रु ।’

उनले प्रदेशसभा [संसद्] को गणित पहिचानको पक्षमा नभएको पनि बताए ।