गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा कालो ब्यानर टाँगेका छन् ।
यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए ।
गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था संकटपूर्ण अवस्थामा पुगेको, उनको शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै कांग्रेस र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया