“बलात्कार विरुद्धको अभियानमा युवाको भुमिका“ विषयक अन्तरक्रिया सकियो, यस्ता छन् दुई महिने श्रृङखलावद्द कार्यक्रमहरु…


“बलात्कार विरुद्धको अभियानमा युवाको भुमिका“ विषयक अन्तरक्रिया कार्यक्रम सकिएको छ । काठमाण्डौंको पिके क्याम्पसमा आयोजित कार्यक्रम अखिल (क्रान्तिकारी) केन्द्रीय समिति, छात्रा विभाग प्रमुख सुष्मा रेग्मीको अध्यक्षतामा तथा संगठनको केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 कार्यक्रममा दुई महिने श्रृङखलाबद्द कार्यक्रमहरुको अभियानको बारेमा अखिल (क्रान्तिकारी) केन्द्रीय प्रवक्ता उपदेश यादवले जानकारी गराएका थिए ।

दुई महिनाको अवधिमा बलात्कारको परिभाषा, यसको असर, उत्प्रेरणा तथ्य, यौन हिंसा सम्बन्धी विषयमा समूहगत छलफल, राजनीतिभित्र हुने बलात्कारका विकृति र विसंगतिहरुलाई कार्यक्रममा समेटिएको छ ।

यस्तै, बलात्कार सम्बन्धीका घटनामा युवाको दायित्व बलात्कार सम्बन्धी मिथकहरु र सामाजिक समर्थन, बलात्कार पीडित माथि लगाइने आरोप र निष्कर्ष लगायतको कार्यक्रमलाई समेटिएको अन्तरक्रियामा जानकारी गराइएको छ ।