राष्ट्र बैंकले दियो २ खर्ब ६४ अर्ब ४३ करोड पुनर्कर्जा सुविधा


कोरोना भाइरस महामारीपछि आर्थिक पुनरुउत्थानका लागि नेपाल राष्ट्र बैंकले २ खर्ब ६४ अर्ब ४३ करोड पुनर्कर्जा सुविधा दिएको छ । ७२ हजार ८९५ ऋणीले पुनर्कर्जा सुविधा लिएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउबाट प्रभावित उद्योगी–व्यवसायीलाई केन्द्रीय बैंकले पुनर्कर्जा सुविधा उपलब्ध गराएको हो ।

केन्द्रीय बैंकले पुनर्कर्जाको अधिकमत ब्याजदर ५ प्रतिशत तोकेको छ । जसमध्ये विशेष पुनर्कर्जाका लागि भने ३ प्रतिशत ब्याजदरमा नै ऋणीले प्राप्त गर्ने ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ मा उल्लेख छ ।

महामारीबाट प्रभावित लघु, घरेलु, साना तथा मझौला उद्यम–व्यवसायलाई पुनर्कर्जामा प्राथमिकता दिंदै आएको जनाएको छ । बढीमा एक वर्षको लागि दिइने यस्तो कर्जा दोस्रो पटक नपाउने व्यवस्था ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ ले गरेको छ ।