कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।
सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश सञ्जेलले जानकारी दिए । नेपालबाट गर्नुपर्ने सबै प्रकृया पुरा भइसकेको भएपनि भारतबाट मल नआएका कुरा कृषि मन्त्री यादवले राखेका थिए ।
त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्यसको बारेमा थप जानकारी लिएर मल चाँडै ल्याउन पहल गर्ने बताएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया