राप्रपाका केन्द्रीय सदस्यहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेका छन् । उनीहरुले जायज विषयमा नेतृत्वको आलोचना गर्दासमेत अध्यक्ष लिङ्देनले कतिपय कार्यकर्तालाई धम्क्याउने तथा कालोसूचीमा राख्ने गरेको भन्दै युवा केन्द्रीय सदस्यहरुले आलोचना गरेका हुन् ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन बोल्ने केन्द्रीय सदस्यहरुले नेतृत्वको खुलेर आलोचना गरेको एक नेताले रातोपाटीलाई जानकारी दिए । अध्यक्षले विधान मिचेर निरंकुश कार्य गरेको पनि उनीहरुको आरोप थियो ।
अध्यक्षले विधान मिचेर केन्द्रीय सचिवालय गठन गरेको, हालसम्म पनि संसदीय समिति र निर्देशन समिति गठन नगरेको, विधान विपरीत केन्द्रीय सदस्यहरु मनोनयन गरेको उनीहरुको आरोप छ ।
यस्तै आठ महिनासम्म महाधिवेशनले पास गरेको कार्यपत्रहरु कार्यकर्तालाई उपलव्ध नगराइएको, सक्रिय सदस्यसम्म नभएको व्यक्तिलाई जथाभावी मनोनयन गरिएको पनि उनीहरुको आरोप छ ।
प्रतिक्रिया