नेपाल प्रेस युनियनले निर्वाचनमा उम्मेदवार दर्ताको लागि तोकिएको शुल्क घटाएको छ ।
निर्वाचन समितिले निर्धारण गरेको शुल्क अस्वभाविक बढी भएको भन्दै उम्मेदवारहरुले विरोध गरेपछि मनोनयन दस्तुर घटाइएको छ ।
अध्यक्षका उम्मेदवारका लागि २० हजार, अन्य पदाधिकारी सहित लेखा समिति संयोजकलाई १० हजार र सदस्यलाई पाँच हजार कायम गरिएको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए ।
समितिले यसअघि सार्वजनिक गरेको शुल्कमा अध्यक्षका उम्मेदवारलाई ३० हजार, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि २५ हजार, उपाध्यक्षरउप महासचिवरसचिवर कोषाध्यक्ष र लेखा समिति संयोजकलाई लाई २० हजार तोकिएको थियो ।
प्रतिक्रिया