दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् ।
अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुईजना बालबालिका छन् । जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सिलर लोकेन्द्रसिंह धामीले दिएको जानकारीअनुसार ४२ मध्ये एकजनाको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु भयो । आर्थिक वर्ष २०७०–७१ वटा जिल्लामा एआरटी सुरु भएयता एचआइभी एड्सका कारण ६ जनाको ज्यान गएको छ ।
लेकम गाउँपालिका–१ सर्मौलीका ती युवक अन्तिम अवस्थामा अस्पताल पुगेका कारण बचाउन नसकिएको उनले बताए ।
प्रतिक्रिया