वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स सदुपयोग हुनुपर्छ – मन्त्री कुँवर


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स सदुपयोग हुनुपर्ने बताएका छन्।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सन्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले ९ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिए पनि अधिकांश रकम उपभोगमै खर्च हुने गरेको बताए। फजुल खर्च घटाउन सके विदेशी मुद्रा सञ्चिति बढ्न सघाउ पुग्छु उनले भने।

विद्यार्थी भिसामा जाने युवाहरुले यहाँबाट पठाउने रेमिट्यान्सको कुनै हिसाब हुन नसकेकोमा मन्त्री कुँवरले दुखेसो पोखे। ुशिक्षाको नाममा ठूलो धनराशी बाहिरिएको छ, त्यसलाई व्यवस्थापन गर्नुपर्छु उनले भने।

आयातको तुलनामा निर्यात निकै कम भएको भन्दै मन्त्री कुवँरले उत्पादनमा प्राथमिकता दिनुपर्ने बताए। वैदेशिक रोजगारीबाट फर्केका युवालाई रोजगारी र उद्यमशीलतामा जोड्न सके उत्पादन बढ्ने उनले आशा व्यक्त गरे।