गृहमन्त्री बालकृष्ण खाँणले अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने बनाउने बताएका छन् ।
शनिबार राष्ट्रिय अपांग कोषलाई विपद्मा प्रयोग हुने सवारी साधनलगायतका सामग्री हस्तान्तरण गर्दै उनले अपांगता भएकाहरुलाई सरकारले मासिक जीवनवृत्ति दिन थालेको बताए ।
‘अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने ठूलो कुरा हो । पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृत्तिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको छ ।
प्रतिक्रिया