हजरिया सेवा समाजले सम्मान संगै पाँच विद्यालयलाई पंखा वितरण


०७ साउन, सर्लाही – बिभिन्न पेसा र कर्म थलोका रुपमा राजधानिमा बस्दै आयका सर्लाही हजरिया बासीहरुको संगठन हजरिया सेवा समाजले पाँच विद्यालयलाई पंखा वितरण गरेको छ । हजरिया सेवा समाजको आयोजनामा श्री सरस्वती माध्यमिक विद्यालय र आसपासका विद्यालयहरुमा १ सय १ ओटा पंखा वितरण गरिएको हो ।

पंखा श्री सरस्वती माध्यमिक विद्यालयलाई ४९ ओटा, वडा नं.१ को श्री बागमती सामुदायिक आधारभूत विद्यालयलाई १६ ओटा, वडा नं. २ को श्री जनता प्रा.वि हजरियालाई १५ ओटा, वडा नं.३ को श्री जनता प्राथमिक विद्यालयलाई ११ ओटा र श्री जनता आधारभूत विद्यालय पिप्राभितालाई १० ओटा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

साथै हजरियाको श्री सरस्वती माध्यमिक विद्यालय स्थापना गर्नु भएका स्वर्गीय नन्दलाल गिरी, दिल्ली बहादुर गिरी र गणेश भुइयारको परिवारलाई उहाँहरुको नाममा सम्मान समेत गरिएको छ ।

नगरपालिका मेयर कल्पना कुमारी कटुवाल र उप–मेयर रामबाबु शाहले हजरिया सेवा समाजको यो उदारणीय काम हो भन्दै धन्यवाद समेत दिएका छन् । कार्यक्रममा संविधान सभा सदस्य हरि उप्रेतीले हजरिया सेवा सामाजले पहिले बाट नै उदारणीय काम गर्दै आएको र पछि पनि गर्ने आफु बिस्वस्त रहेको बताउनुभयो । २०६३ सालमा स्थापना भएको हजरिया सेवा समाजले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।

हजरिया सेवा समाजका अध्क्षय अशोक कार्कीले विद्यालयमा भएका समस्याहरु छिटोभन्दा छिटो सुधारनुपर्ने र बालबालिकाको भविष्यमा कसैले पनि खेल्नु नहुने बताउनुभयो । विद्यालयको पठनपाठनमा सुधार्नुपर्ने छिमेकी विद्यालयको पढाई र हाम्रो विधालयको पढाईको स्तर धेरै फरक रहेको र विद्यालयमा भएको समस्यालाई सुधारमा सधैंभ हजरिया सेवा समाजको साथ रहने कार्कीले बताउनुभयो ।