शिक्षक सेवा आयोगले ‘कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९’ सार्वजनिक गरेको छ ।
आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा हुने बढुवा सम्बन्धी कार्यलाई नियमित, वस्तुगत र व्यवस्थित गर्ने उद्देश्यले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ५३ को अधिकार प्रयोग गरी कार्यविधि तयार गरेको जनाएको छ ।
कार्यविधिले शैक्षिक उपाधिको अङ्क, तालिमको अङ्क गणना, सेवा अवधिको अङ्क गणना, कार्य सम्पादन वापतको अङ्क गणना, पुराना अभिलेखको मान्यता लगायतको आधारमा मूल्याङ्कन गर्ने व्यवस्थाहरु समेटेको छ ।
प्रतिक्रिया