वन मन्त्री यादव फिल्म ‘मुस्कान’मा हिरो बन्दै, रमितले निर्देशन गर्ने
वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने भएका छन् । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् ।
एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ । छायांकनको लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरे ।
उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।
निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् ।