अनेरास्ववियू (क्रान्तिकारी)ले थाल्यो विमानस्थल परिसरबाट सरसफाइ अभियानको सुरुवात


अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समिति (पवन कार्की नेतृत्वको) ले सरसफाइ अभियानको सुरुवात गरेको छ ।

संगठनको स्वास्थ्य तथा सरसफाइ विभागले त्रिभुवन विमानस्थल अगाडी बालबालिका स्तम्भ पार्कबाट सरसफाइ अभियानको सुरुवात गरेको हो ।

सिद्धार्थ आर्ट ग्यालरी र विश्व शान्ति प्रचार फोरमद्वारा कल्पना र डिजाइन गरिएको बाल स्मारक सर्वधर्म शान्ति स्मारक, नेपालमा दशक लामो द्वन्द्वमा मारिएका सयौं निर्दोष बालबालिकाको सम्झनामा स्थापित स्तम्भ पार्क हो ।

यो पार्क बाट अभियानको सुरुवात गरेर देशैभर सञ्चालन हुने प्रवक्ता उपदेश यादवले बताए ।

कम्तिमा पनि महिनाको एकदिन परिणाम आउने गरी सरसफाइमा जोडिन विद्यार्थीहरुलाई संगठनले आग्रह गरेको छ ।

स्वच्छ र स्वास्थ जीवन को लागि र गाउँ शहरको सुन्दरता बढाउनको निम्ति सरसफाई अपरिहार्य भएको हुनाले सवै नागरिकले सरसफाई जस्तो किर्यकलापमा निर्तर चासो दिएर काम गर्नु पर्ने अहिले आवश्यकता देखिएको प्रमुख अतिथि संयोजक पवन कार्कीले बताए ।

उक्त कार्यक्रममा विभागिय प्रमुख, आयोग प्रमुख , संगठनकै विभिन्न तह तप्का का नेताकार्यकर्ता र पुलिस प्रशासनको सभगिता थियो ।