मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै सरकारको ध्यानाकर्षण


मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल कायम बनाएको बताए ।

हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको उनले सुनाए ।