गृह मन्त्रालयले दियो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज


गृह मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्री शर्मामाथि प्रश्न उठेको थियो । गृह मन्त्रालयले दिएको फुटेजमाथि अध्ययन भइरहेको समिति स्रोतले बताएको छ ।