प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे माओवादीको प्रश्न ?


सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे प्रश्न उठाएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलिया भ्रमण गर्ने तय भएको छ ।

तर माओवादी केन्द्रका सांसदहरुले भने यो सम्मेलन अमेरिकाको इण्डोप्यासिफक रणनीति [आईपीएस] सँग जोडिएको भन्दै प्रधानसेनापतिको भ्रमणमाथि प्रश्न उठाएका हुन् ।

मंगलबार संसदको शून्य समयमा बोल्दै माओवादीकी सांसद अमृता थापाले आईपीएस सम्मेलनमा भाग लिए परराष्ट्र नीति विपरीत हुने बताइन् ।