एक वर्षमा नेपालले गर्यो १७ अर्ब रुपैयाँ भन्दा बढीको तरकारी आयात


एक वर्षमा नेपालले १७ अर्ब रुपैयाँ भन्दा बढीको हरियो तरकारी आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को तथ्या‌ंकअनुसार आलु, प्याज र लसुन आयातमा मात्रै साढे १५ अर्ब रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

भन्सार विभागकाअनुसार हरियो तरकारीका लागि मुलुकबाट बाहिरिएको रकम गत वर्ष भन्दा ५ अर्ब हाराहारीले बढी हो ।

आर्थिक वर्ष २०७७र७८ मा नेपालले ४५ करोड किलो यस्तो तरकारी आयातका लागि १२ अर्ब ३१ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा ५९ करोड ८७ लाख ५९ हजार किलो हरियो तरकारीका लागि १७ अर्ब ७ करोड ८० लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।

उक्त आयातबाट सरकारले एक अर्ब ७२ करोड २३ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने प्रमुख तरकारी नै नेपालले आयात गरेको भन्सारको विवरणमा देखिन्छ ।