Logo

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए । सो अवसरमा केसीलाई कर्मचारी र अन्य पदाधिकारीले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्