किन बढाउँदैछ काठमाडौं महानगरपालिकाले नगर प्रहरी !


डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो । अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् ।

फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा महानगरपालिकाले जनशक्ति थप्ने तयारी गरेको हो ।

काठमाडौं महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार करार सेवा वा सेवा करार प्रणालीबाट प्रहरी राख्ने भन्ने निर्णय भइनसकेको बताउँछन् । तर, स्थायी दरबन्दी सिर्जना गरेर नगर प्रहरी नराखिने उनले बताए ।