बाबुराम भट्टराईको ‘नेपाल समाजवादी पार्टी’, चुनाव चिह्न आँखा


डा.बाबुराम भट्टराई समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ ।
निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो ।
भट्टराई समूहका नेता विश्वदीप पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।