जनार्दन शर्माप्रति बजेट वक्तव्य र करका दर हेरफेरसँग तत्काल जोडिएका प्रश्न करिब–करिब सकिएका छन्, तर नैतिक प्रश्न सुरु भएका छन् ।
संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री शर्माबाट कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गराएको पुष्टि हुन नसकेको निष्कर्ष दियो । यो निष्कर्षलाई कतिपयले शर्मालाई चोख्याएको अर्थमा बुझेका छन् । तर, यसका दुइटा आयाम छन् ।
पहिलो, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भनी संचारमाध्यममा सार्वजनिक भएसँगै त्यस रातिको सीसीटिभी फुटेज खोजी भएको थियो । तर, सोही दिनकै फुटेज चाहिं रहस्यमय तरिकाले गायब थियो ।
प्रतिक्रिया