अब अर्थमन्त्री शर्मा निर्दोष भए – प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् ।

संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो,’ प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘७ दिन थपियो ।

आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’

शर्माले ल्याएको बजेटको राम्रो प्रचार हुन थालेपछि करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर प्रचार गरिएको दाबी प्रचण्डको छ ।